सूर्यज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Jan 24, 2023 03:29 PM Merolagani



साविकको सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) को शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४ करोड ४५ लाख ५५ हजार ७२१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्दा १ बराबर ०.८२४५ को अनुपातमा कायम हुने आएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको शेयरलाई ३७१ रुपैयाँ ७९ पैसा ओपनिङ्ग रेन्ज तोकि दिएको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एसजेएलआईसी (SJLIC) कारोबार संकेत दिएको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।