सूर्यज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Jan 24, 2023 03:29 PM Merolagani



साविकको सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) को शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४ करोड ४५ लाख ५५ हजार ७२१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्दा १ बराबर ०.८२४५ को अनुपातमा कायम हुने आएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको शेयरलाई ३७१ रुपैयाँ ७९ पैसा ओपनिङ्ग रेन्ज तोकि दिएको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एसजेएलआईसी (SJLIC) कारोबार संकेत दिएको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।