अर्थमन्त्रीसँग नाडा पदाधिकारीको गुनासो ‘राष्ट्रबैंकको नीतिले व्यवसायी पलायन हुने अवस्था आयो, समस्या समाधान होस्’

Jan 24, 2023 03:51 PM Merolagani

नाडा अटोमोबाइल एसोसियसन नेपालका पदाधिकारीले अर्थ मन्त्री बिष्णु पौडेलसँग भेट गरी अटो क्षेत्रको समस्याबारे छलफल गरेका छन ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्या लगाएतका बिषयमा जानकारी गराएका हुन ।

अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गीकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दै सवारी साधनहरुलाई सो बर्गीकरणबाट हटाउन आग्रह गरे ।

छलफलमा मन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरेको सन्दर्भमा समेत आउँदो बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई छलफल गर्ने आश्वासन दिए ।

अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान नै रहेको बताएका छन ।

‘अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाईरहेको मात्र छैन नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिव ३००० सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था छ’ अध्यक्ष थापाले भने ‘यस्तो जटिल स्थितिको समुचित समाधानका लागि अर्थमन्त्रीसँग आग्रह गर्दछु’ ।

अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग राखेको छन । चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका  बिषयमा समेत छलफल भएको थियो ।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

उप्रेतीले काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे । छलफलको अन्त्यमा माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सरकार गम्भीर रहेको र ती मागहरुको सम्बन्धमा पहल समेत भईरहेको जानकारी दिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।