हिमालयन बैंककाे थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

Jan 24, 2023 05:20 PM Merolagani



हिमालयन बैंक(HBL)ले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंज स्थित कान्ति बाल अस्पतालमा माघ ४ गते, बुधबार देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो । उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएम र ६००० भन्दा बढी पिओउस टर्मिनल्सबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।