नेपालमा फागुनदेखि बिक्री सुरु हुँदै सुजुकी ग्राण्ड भिटारा, यस्तो छ मूल्य र बिशेषता

Jan 28, 2023 11:13 AM Merolagani



नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको सुजुकी ग्राण्ड भिटारा दुई हप्तापछि बजारमा बिक्री सुरु हुँदै छ । नेपालका लागि सुजुकी गाडीको आधिकारीक वितरक सीजी मोटोकर्पले गत बिहिबारदेखि बुकिङ समेत खुल्ला गरिसकेको छ ।

भारतको नयाँ दिल्ली अटोशोको आकर्षणको रुपमा समेत रहेको सुजुकी ग्राण्ड भिटारालाई नेपालमा पनि खास रुपमा हेरिएको छ । हुन्डाई क्रेटालाई टक्कर दिने यो गाडी नेपाली गाडी पारखीले झन्डै १० महिनादेखि पर्खिदै आएका छन ।

यस अघि नेपाल भित्रिएको सुजुकी ब्रेज्जाले ठूलो सफलतापाएपछि ग्राण्ड भिटारा पनि रोजाइमा पर्ने कम्पनीको दाबी छ ।

ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा विटा र अल्फा भेरियन्ट नेपाल आउने छन । अटोमेटीक गियरबक्स र ईड्राइभ टेक्नोलोजी उपलब्ध यो गाडी बोल्ड लुक्सका साथ नेपाल आउने छ ।

के के छन बिशेषता ?

१४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान भएको यो गाडीले ११४ बीएच पावर र १४१ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सुजुकी ग्राण्ड भिटाराले प्रतिलिटर २० किलोमिटर बढी माइलेज दिन्छ ।

ई–सिभीटी गियरबक्स सहित नेपाल आउने यो गाडीमा एस्पीरेटेड १.५ लिटर फोर सिलिण्डर, के१५सी ड्यूलजेट पेट्रोल इन्जिन भएको भेरियन्ट उपलब्ध हुने छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।

सेफ्टीका लागि कम्पनीले ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक उपलब्ध गराएको छ । तस्तै हलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा पनि दिइएको छ ।

९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, फुल्ली डिजिटल इन्ट्रुमेन्ट, भेन्टीलेटेड सिट, ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम लगायतका प्रविधि फिचर समेत यो गाडीमा छ ।

 

ग्राण्ड भिटारालाई ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोडमा चलाउन सकिन्छ । हालसम्म कम्पनीले आधिकारीक रुपमा मुल्य सार्वजनिक नगरेपनि विटा भेरियन्टको ८६ लाख र अल्फा भेरियन्टको मूल्य ९० लाख पर्ने अनुमान गरिएको छ ।




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।