आम्दानीसँगै घट्यो आशा लघुवित्तको नाफा

Jan 29, 2023 10:09 AM Merolagani



आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको आम्दानी र नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.३४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३१.६१ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २३.९९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५८.०६ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४६.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ ८७ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ८७ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३३ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३२ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ८.१२ प्रतिशत बढेको छ भने कर्जा ७.३३ प्रतिशत बढेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।