महिन्द्रा एक्सयूभी ७०० नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

Jan 30, 2023 03:51 PM Merolagani



नेपाली बजारमा महिन्द्र एक्सयूभी ७०० सार्वजनिक भएको छ । महिन्द्रा गाडीको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै एक्सयुभी ७०० नेपाली बजारमा ल्याएको हो ।

आयात प्रतिबन्ध खुलेसँगै अघिकांश कम्पनीले नयाँ गाडी नेपाली बजारमा ल्याउने क्रममा छन । नेपाली बजारमा एड्रिनोएक्स कनेक्ट फिचरमा आएको यो गाडीको आकर्षक लुक्स देख्न सकिन्छ ।

नयाँ लोगो सहितको महिन्द्रा एक्सयुभिको बोल्ड डिजाइन, आकर्षक लुक्स र फरक बिशेषताले अझ भब्य बनाएको छ ।

फिचर

महिन्द्राका गाडीमध्य सबैभन्दा बढी फिचर पाइने यो गाडीको सिस्टम नविनतम र प्रयोग गर्न सजिलो हुने गरी बनाइएको छ । एड्रिनोएक्स कनेक्ट सिस्टमको जसमा विभिन्न सुरक्षा फिचरहरु दिइएको छ ।
यो गाडीमा रिमोट स्टार्ट र स्टप फिचर, स्मार्ट कनेक्ट, मोबाइल तथा स्मार्टवाच भेहिकल कन्ट्रोल जस्ता फिचर उपलब्ध छ । नेपाली बजारमा पाँच र सात सिट अप्समा आएको एक्सयुभि ७००मा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ ।

पावरफुल इन्जिनकै कारण यो गाडी नेपालका जस्तो सुके वाटोको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । एक्सयुभी टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क जनेरेट गर्छ ।

सुरक्षाको हिसावलेपनि उत्कृष्ट रहेको एक्सयूभी ७००मा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम राखिएको छ ।

मुल्य

एलइडी डेटाइम रनिङ लाइट, पानारोमिक सनरुफ लगातका फिचर दिएको यो गाडीको सुरुवाती मूल्य ७४ लाख तोकिएको छ । ६ भेरियनटमा आउने यो गाडीको टप भेरियन्टलाई १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।

एक्सयूभी एएक्स ३ को ७४ लाख, एएक्स ५ को ८१ लाख र एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ मुल्य राखिएको छ ।

त्यसैगरी एक्सयूभी ७०० एएक्स ५, ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।