महिन्द्रा एक्सयूभी ७०० नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

Jan 30, 2023 03:51 PM Merolagani



नेपाली बजारमा महिन्द्र एक्सयूभी ७०० सार्वजनिक भएको छ । महिन्द्रा गाडीको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै एक्सयुभी ७०० नेपाली बजारमा ल्याएको हो ।

आयात प्रतिबन्ध खुलेसँगै अघिकांश कम्पनीले नयाँ गाडी नेपाली बजारमा ल्याउने क्रममा छन । नेपाली बजारमा एड्रिनोएक्स कनेक्ट फिचरमा आएको यो गाडीको आकर्षक लुक्स देख्न सकिन्छ ।

नयाँ लोगो सहितको महिन्द्रा एक्सयुभिको बोल्ड डिजाइन, आकर्षक लुक्स र फरक बिशेषताले अझ भब्य बनाएको छ ।

फिचर

महिन्द्राका गाडीमध्य सबैभन्दा बढी फिचर पाइने यो गाडीको सिस्टम नविनतम र प्रयोग गर्न सजिलो हुने गरी बनाइएको छ । एड्रिनोएक्स कनेक्ट सिस्टमको जसमा विभिन्न सुरक्षा फिचरहरु दिइएको छ ।
यो गाडीमा रिमोट स्टार्ट र स्टप फिचर, स्मार्ट कनेक्ट, मोबाइल तथा स्मार्टवाच भेहिकल कन्ट्रोल जस्ता फिचर उपलब्ध छ । नेपाली बजारमा पाँच र सात सिट अप्समा आएको एक्सयुभि ७००मा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ ।

पावरफुल इन्जिनकै कारण यो गाडी नेपालका जस्तो सुके वाटोको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । एक्सयुभी टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क जनेरेट गर्छ ।

सुरक्षाको हिसावलेपनि उत्कृष्ट रहेको एक्सयूभी ७००मा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम राखिएको छ ।

मुल्य

एलइडी डेटाइम रनिङ लाइट, पानारोमिक सनरुफ लगातका फिचर दिएको यो गाडीको सुरुवाती मूल्य ७४ लाख तोकिएको छ । ६ भेरियनटमा आउने यो गाडीको टप भेरियन्टलाई १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।

एक्सयूभी एएक्स ३ को ७४ लाख, एएक्स ५ को ८१ लाख र एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ मुल्य राखिएको छ ।

त्यसैगरी एक्सयूभी ७०० एएक्स ५, ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।