वास्तवमा, चार्ल्स फाइजर र चार्ल्स इयरहार्टले अमेरिकामा त्यस्तो राम्रा रसायनहरू बनाउन चाहेका थिए जुन त्यतिबेलासम्म त्यहाँ उपलब्ध थिएन। राम्रो रसायनले अमेरिकीहरूको स्वास्थ्यमा ठूलो प्रभाव पार्न सक्छ भन्ने उनीहरु दुबैमा विश्वास थियो। यसबाट उनीहरु अझ तन्दुरुस्त हुन सक्थे।
कम्पनी ऋण लिएर सुरु गरिएको थियो
एक दिन चार्ल्स फाइजरले आफ्नो बुबासँग फार्मा व्यवसायको नयाँ विचार र रूपरेखाबारे छलफल गरेका थिए। बुवाले सहयोगको आश्वासन दिए। चार्ल्स फाइजरले बुबालाई दिइएको २ हजार ५०० डलर ऋणमा न्यूयोर्कमा एउटा सानो भवन किनेका थिए। धेरै उपकरणहरू सङ्कलन गरे। र आफ्नो काकाको छोरा भाइ चार्ल्स इयरहार्टसँग मिलेर चार्ल्स फाइजर एण्ड कम्पनीको जग बसाले।
सो समयमा धेरै अमेरिकीहरू पेटमा पर्ने कीराका कारण धेरै समस्यामा थिए। त्यतिखेर त्यसको एउटा मात्र औषधि थियो। त्यो औषधिको स्वाद धेरै तितो थियो। जसका कारण वृद्धवृद्धा र बालबालिकालाई यो औषधि खान चाहँदैनथे। चार्ल्स फाइजरलाई जनताको यो गुनासो राम्ररी थाहा थियो।
औषधिको तीतोपन हटाए
सबैभन्दा पहिले उनीले जनताको यो गुनासो हटाउन नयाँ उपाय खोज्न थाले। धेरै चलाखीपूर्वक उनले सान्टानिन नामक सो औषधिमा बदामको स्वाद मिसाए, त्यसपछि त्यो औषधिको स्वाद परिवर्तन भयो। पहिले सान्टानिन लिन नचाहने मानिसहरूले त्यसपछि भने नयाँ स्वादको औषधि मन पराउन थालेका थिए।
जर्मनीबाट भएकाले चार्ल्स फाइजर युरोपेली कम्पनीहरूसँग निरन्तर सम्पर्कमा थिए। यसबाहेक, चार्ल्स फाइजर र इयरहार्टले चिकित्सा क्षेत्रमा केही नयाँ प्रयोगहरू गरे। उदाहरणको लागी, औषधिमा फलको रसको प्रयोग। उनीहरुले फलफूलको रसबाट वाइनजस्तै एक तरल पदार्थ विकास गरे, जुन फ्रान्स, इटालीदेखि अमेरिकासम्म मन पराइएको थियो।
दुखाइ कम गर्ने औषधि बनाए
अमेरिकाको इतिहासमा सन् १८६१ देखि १८६५ सम्मको अवधिलाई गृहयुद्धको इतिहास भनिन्छ। त्यतिखेर त्यहाँ ठूला दंगा भएको थियो। एक अर्कामा हमला भएको थियो र धेरै क्षति भएको देखियो। यस क्रममा ठूलो संख्यामा मानिसहरु घाइते भएका थिए। यस्तो अवस्थामा, फाइजर र इयरहार्टको नयाँ प्रयोग उनीहरूको घाउ निको पार्न र दुखाइ कम गर्न प्रयोगमा आएको छ।
त्यस अवधिमा फाइजर र कम्पनीले धेरै औषधिहरू विकास गरे। जसमा टार्टर क्रिमसहित आयोडिन, मोर्फिन, क्लोरोफर्म कपूर समावेश छन्। घाइते सैनिकका लागि सरकारले नै ठूलो परिमाणमा ती औषधिहरु खरिद गरेको थियो। यसबाहेक, यी रसायनहरू फोटो प्रशोधनमा पनि प्रयोग गरिन्थ्यो।

चिसो पेयमा योगदान
सन् १८६७ मा, अमेरिकी संस्थानले फाइजरका संस्थापकहरूलाई सम्मान ग¥यो। १८७१ मा, फाइजरको कारोबार १४ लाख डलर पुगेको थियो। १८८० मा, कम्पनीले कागती र चूनाबाट साइट्रिक एसिड बनायो। साइट्रिक एसिड विशेष गरी चिसो पेयको लागि चमत्कारी साबित भयो। फाइजर कम्पनीले धेरै नाफा कमाउन थाल्यो।
फार्माको क्षेत्रमा फाइजरको कामहरु जारी छ। कोरोनाको समयमा फाइजर कम्पनी फेरि चर्चामा आयो। कोरोना महामारीका कारण विश्व त्रसित बनेको थियो, तब धेरै कम्पनीहरूले भ्याक्सिन बनाएर मानिसहरूलाई सहयोग गरे, त्यसमध्ये फाइजर कम्पनी पनि सबैभन्दा प्रमुख थियो।
कोरोना समयमा चमत्कार
कोरोनाको समयमा धेरै खोप बजारमा आए पनि फाइजरको भ्याक्सिन सबैभन्दा प्रभावकारी भएको बताइएको थियो। विशेष गरी अमेरिकामा कोरोना लहरसँग लड्न फाइजरले महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको खोप करिब ९५ प्रतिशत प्रभावकारी मानिएको थियो।
कोरोनाको अवधिमा फाइजरको भ्याक्सिन भारतसहित अन्य देशहरुमा पनि पुग्यो। फाइजर आज विश्वको सबैभन्दा ठूलो औषधि कम्पनी हो। यसको मुख्यालय म्यानहट्टनमा छ। सन् २०२० मा, यसले फर्च्युन ५०० को सूचीमा ६४ औं स्थान हासिल गरेको थियो।
(अनुवादित)