पुर्वाञ्चल ल्यूब आयल लिमिटेडमा अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी

Feb 02, 2023 07:26 PM Merolagani



अल्फा प्लस भेन्चर्स लिमिटेडले पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्ने भएकाे छ । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडका प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्स लिमिटेडका प्रबन्ध संचालक अंगिश घिमिरेले एक समारोहबिच माघ १८ गते, बुधबारका लगानी गर्ने सम्झाैतामा हस्ताक्षर गरेका हुन् ।

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दे आएको नेपालको हाल एक अग्रणी ल्युब्रिकेन्ट कम्पनी रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विभिन्न प्रकारका एीइ ब्राण्डको ल्युब्रिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।

अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा नँया ल्युब्रिकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पीएलअाे ब्राण्डका ल्युब्रिकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने र कम्पनीको सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिबृद्धि हुने विश्वास गरिएकाे छ । कम्पनीले आफनो वित्तिय योजनामा समेत प्रभावकारी ढंगले अगाडी बढाउन सकी बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्युब्रिकेन्टलाई प्रतिष्थापन गर्दै नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्यु्रबीकेन्टलाई प्रोत्साहन हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका प्रबन्ध संचालक भोलेश्वर दुलालले उक्त कार्यक्रमका व्यक्त गरे ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।