पुर्वाञ्चल ल्यूब आयल लिमिटेडमा अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी

Feb 02, 2023 07:26 PM Merolagani



अल्फा प्लस भेन्चर्स लिमिटेडले पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्ने भएकाे छ । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडका प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्स लिमिटेडका प्रबन्ध संचालक अंगिश घिमिरेले एक समारोहबिच माघ १८ गते, बुधबारका लगानी गर्ने सम्झाैतामा हस्ताक्षर गरेका हुन् ।

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दे आएको नेपालको हाल एक अग्रणी ल्युब्रिकेन्ट कम्पनी रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विभिन्न प्रकारका एीइ ब्राण्डको ल्युब्रिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।

अल्फा प्लस भेन्चर्स लिमिटेडको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा नँया ल्युब्रिकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पीएलअाे ब्राण्डका ल्युब्रिकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने र कम्पनीको सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिबृद्धि हुने विश्वास गरिएकाे छ । कम्पनीले आफनो वित्तिय योजनामा समेत प्रभावकारी ढंगले अगाडी बढाउन सकी बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्युब्रिकेन्टलाई प्रतिष्थापन गर्दै नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्यु्रबीकेन्टलाई प्रोत्साहन हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका प्रबन्ध संचालक भोलेश्वर दुलालले उक्त कार्यक्रमका व्यक्त गरे ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।