करिब ११ प्रतिशत बढेर बीमा पहुँच ४४.२५ प्रतिशत पुग्यो

Feb 05, 2023 06:14 PM Merolagani

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४.२५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १०.८४ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको पहुँच ३३.४१ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

म्यादी, लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ४० प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच ३०.५६ प्रतिशत मात्रै रहेको थियो ।

पछिल्लो समय बीमालेखमा वृद्धि भएपछि बीमाको दायरा विस्तार थप सहयोग पुगेको बीमा प्राधिकरणले जनाएको छ । पुससम्ममा बैदेशिक रोजगार बीमालेख संख्या ५२.१७ प्रतिशत र जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) ४३.६९ प्रतिशतले बढेर ७३ लाख १३ हजार १२१ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । कुल जीवन बीमालेख संख्या पनि ३४.८८ प्रतिशतले बढेर १ करोड ४१ लाख ९ हजार ३२ वटा पुगेको छ ।

जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको प्राधिकरणले जनाएको छ ।

यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि ५२.१७ प्रतिशतले बढेर १२ लाख ९४ हजार ४५९ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ८ लाख ५० हजार ६९० वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ६.११ प्रतिशतले घटेर १३ लाख ९५ हजार ३२ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ८५ हजार ८५१ वटा बीमालेख जारी गरेका थिए ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने १.९१ प्रतिशतले बढेर ९१ अर्ब ७३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ९० अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

यस अवधिमा जीवन तथा निर्जीवनबीमा कम्पनीहरुका ३ हजार ३७८ वटा शाखा कार्यालयहरुमा १२ हजार २९ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।