सरकारले खर्च घटाउन भनेपछि धितोपत्र बोर्डले कलेजमा पत्रकार सम्मेलन गर्दै, शेयर निष्कासन कसरी हुन्छ भन्ने विषय पढाइने

Feb 06, 2023 12:58 PM merolagani



नेपाल धितोपत्र बोर्डले सोमबार दिउसो साढे तीन बजे पत्रकार सम्मेलन गर्ने भएको छ। बोर्डले पत्रकार सम्मेलन कुनै होटेल वा आफ्नै कार्यालयमा नगरी एक निजी क्याम्पसमा आयोजना गर्ने छ। ग्वार्को स्थित काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा बोर्डले कार्यक्रम गर्दै छ।

बोर्डले धेरै जसो कार्यक्रममा होटेल वा आफ्नै कार्यालयमा गर्दै आएकोमा यस पटक भने निजी क्याम्पसमा आयोजना गरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

बोर्डले भने सरकारको खर्च घटाउने नीति अनुरूप क्याम्पसमा आयोजना गर्न लागिएको जनाएको छ। “सरकारले हालै खर्च घटाउने नीति अघि सरेको छ। त्यही भएर हामीले होटेलमा नगरेर कलेजमा गर्न लागेका हौ। बोर्डमा पर्याप्त स्थान नभएकोले गर्दा पनि कलेजको सहयोगमा कार्यक्रम गर्न लागिएको हो” धितोपत्र बोर्डका एक कर्मचारीले बताए । 

बोर्डले सोमबार आयोजना गर्ने कार्यक्रममा भने धितोपत्र बोर्डले शेयर निष्कासन अनुमति प्रक्रिया अघि बढाउँछ भन्ने विषय जानकारी दिने बताइएको छ। उक्त कार्यक्रममा बोर्डका तर्फबाट उच्च अधिकारीहरूले प्रक्रियाको बारेमा बताउने छन्। त्यसैगरी सार्वजनिक निष्कासनमा बिक्री प्रबन्धकहरूले खेल्ने भूमिकाको बारेमा बिक्री प्रबन्धकहरूले नै सो विषयमा जानकारी दिने बोर्डले जनाएको छ।  




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।