उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी छैन, टेलिकम सेवाप्रदायकको गुणस्तर खस्किएको छ: एनटिए अध्यक्ष पुरुषोत्तम खनालको विचार

Feb 06, 2023 06:13 PM Merolagani

पछिल्लो समय टेलिकमहरुको सेवा गुणस्तरीय भएन,सेवा महँगो भयो भन्ने लगायका धेरै गुनासो आउने गरेका छन । नेपाल टेलिकमको हकमा पनि सर्वसुलभ सेवा उपलब्ध गराउने कार्यसँगसँगै सरकारले अघि बढाएको डिजिटल नेपालको अवधारणलाई पनि पुरा गर्ने चुनौति छ ।

सरकारको डिजिटल नेपालको परिकल्पनालाई पुरा गर्न दुरुसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषमा जम्मा भएको रकम परिचालन गरेर अप्टिलकल फाइबर व्याकबोन नेटवर्क सुरु गर्यो । जस अन्तर्गत प्रदेश नं १, मधेस र बागमती प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत सूचना महामार्ग अप्टिकल फाइबर ब्याकबोन नेटवर्कको पूर्वाधार पुर्याउन नेपाल टेलिकमले जिम्मा पायो ।

तर, सूचना महामार्गको काम सुरु भएको लामो समय भइसक्दा पनि सन्तोषजनका काम हुन सकेको छ । परियोजना निर्माण पूरा गर्ने जिम्मा पाएको नेपाल टेलिकम पछिल्लो समय चुकेको छ । यो महत्वपूर्ण परियोजना निमार्णमा भएको ढिलाईले पनि यो कुरालाई पुष्टि नै गरेको छ ।

टेलिकमले अप्टिकल ब्याकबोनको बागमती प्रदेश अन्तर्गतको काम सुरु गर्न सकेको अवस्था छैन । किन दुई बर्षसम्म ठेक्का पाएको काम हुन सक्दैन ?

टेलिकमले ठेकेदारलाई कारबाही गर्न सकेको छैन । प्राधिकरणले टेलिकमलाई परियोजनाको काममा म्याद थप्न सकिदैन भनेर पत्र समेत लेखेर पठाएको छ । तर, टेलिकमले ठेक्काको म्याद थप गनुपर्ने कारण र जवाफ दिन उचित ठानेको छैन । त्यसेको जवाफ दिनुपर्दैन ?

बागमती प्रदेश अन्तर्गको काम सुरु गर्नै सकेको छैन। दुई वर्षसम्म काम सुरु हुन सक्दैन? ठेकेदारहरुलाई कारबाही गर्न सकिँदैन। प्राधिकरणले तपाईंहरुलाई लेखेर पठाएको छ, अब म्याद थपिँदैन, थप गर्नुपर्ने कारण के हो, त्यसको जवाफ तपाईंहरुले दिन उचित ठान्नु भएको छैन। जवाफ दिनुपर्दैन?  प्रत्येक जिल्ला सदरमुकामसम्म फाइबरको सञ्जाल बिस्तार गर्नुपर्ने आवश्यकता छ । अप्टिकल फाइबर विस्तारको काममा टेलिकम गम्भिर हुन जरुरी छ ।

देशभर फोरजी विस्तारको जुन कार्ययोजना अन्तर्गत ७३९ओटा स्थानीय तहमा फोरजीको पहुँच पुग्यो भन्ने सुन्नमा आएको छ । यद्दपी रिङरोड भित्र सबैठाउँमा फोरजी छ भन्ने कम्पनीले भन्नसक्छ ? मोबाइलमा फोरजी एलटिई देखाउछ तर, केहि डाइभर्ट हुने बितिकै ‘ई’ देखाउछ । फोरजी सेवामा नेपाल टेलिकम गुणस्तरमा चुकिरहेको छ ।

गुणस्तरीय सेवा दिइएन भने टेलिकमको सेवामै सेवाग्राही झुन्डीरहने अवस्था रहदैन । कम्पनीले बैज्ञानिक हिसाब भएको ग्याप र कहाँ समस्या छ भन्ने बिषयमा अध्ययन गर्नुपर्ने समय आएको छ ।

कम्पनीले जुनसुकै क्षेत्रमा फोरजीको बिषयमा आएको गुनासो सम्बोधन गर्न सक्नुपर्छ । टेलिकमका प्रबन्ध निर्देशक ज्युले बार्षिक उत्सबबाट फाइभजी उद्घाटन गर्नु हुन्छ भन्ने आशा थियो । प्राधिकरणले फाइभजीको बिषयमा पटक पटक जिज्ञासा राख्दै आएको छ । फाइभजी परिक्षणको लागि फ्रिक्वेन्सी पनि निशुल्क उपलब्ध गराएको छ ।

आम सर्वसाधारणले पनि फाइभजीको अनुभव लिन पाउछन भन्ने सबैले आशा गरेका थिए । तर, यहाँ टेक्निकल टेस्ट मात्रै भएको भन्ने सुनिदै आएको छ । के हामीले दुईओटा बिटिएस मात्रै राखेर फाइभजीको ‘टेक्निकल टेष्ट’ गर्न लागेका हौं ?

नेपाल दूरसञ्चार प्राधिरणले सोचेको त्यस्तो फाइभजी परिक्षण होइन । कम्तीमा चक्रपथ भित्रका सर्वसाधारणले प्रयोग गर्न पाउने गरि फाइभजी परिक्षण हुनुपर्ने हो । फाइभजी टेक्नीकल टेष्ट मात्रै हो र ? यो बिषयमा पनि नेपाल टेलिकम चुकेको छ । पछिल्लो समय टेलिकम तथा अन्य सेवाप्रदायकको पटक पटक सेवा अवरुद्ध भएको छ । आम उपभोक्ताले टेलिकमको सेवाको गुणस्तर खस्किएको महसुस गरिरहेका छन् ।

बिशेषत, टेलिकमले भेन्डरहरुसँग गरिने सम्झौताका प्रावधानका बिषयमा रिभ्यु÷अध्ययन गर्नुभएको छ ? नेपाल टेलिकमले कति घण्टासम्म सेवा अवरुद्ध हुन पाउछ भनेको सोचेको छ ? त्यस्ता प्रावधानको बिषयमा समेत गम्भिर हुनुपर्ने देखिएको छ ।

सेवा अवरुद्ध हुँदा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा कम्पनी उल्टै सो बिषयमा चुकेको छ । उपभोक्ताले टेलिकमलाई गरेको बिश्वास, सरकारको भरोसा र नियामकले गरेको बिश्वासलाई कायम गर्न सके मात्रै टेलिकमको भबिष्य उज्जवल रहन्छ ।

पूर्वाधारको सहप्रयोगमा नेपाल टेलिकमले ध्यान पुर्याएको देखिदैन । कम्पनीको आम्दानी सिफ्ट भएर गइरहेको छ । सबै टेलिकम कम्पनीको आम्दनी घट्दै गइरहेको छ । तर, मोबाइलको ग्राहक बढीरहेको छ, फोरजीको पहुँच सबै ठाउँमा पुगेको छ भने डेटाको प्रयोग दोब्बरले बढेको छ । तर, आम्दनी मात्रै घटिरहनु गम्भिर बिषय हो ।

अन्य आम्दानीको स्रोतहरु के के हुन सक्छन ? नेपालको टेलिकम सेवाप्रदाएको भ्वाइस मार्केट घट्दै गइरहेको छ । अन्य आम्दानीको स्रोतमा समेत खोजी गर्नु अहिलेको आवश्यकता हो । ब्याकबोन नेटवर्क निर्माण गर्न नियामक र सरकारले तपाईंहरुलाई जिम्मा लगाएको छ।

नेटवर्क बनाएर शेयर नगर्ने सर्तमा तपाईंहरुलाई जिम्मा लगाएको होइन। तपाईंहरुको पूर्वाधार भएको क्षेत्रमा अर्को सोही प्रकृतिको नेटवर्कमा लगानी गर्ने अवस्था आउन नदिने बातावरण बनाउनुस् । फेरी अर्को पूर्वाधारण बनाउने अवस्था आयो भने फेरि सेतो हात्तीको रुपमा परिणत हुदैन भन्न सकिदैन ।

शहरका अव्यवस्थित तारको कारण कसैलाई पनि सहज भएको छैन । दुई बर्ष अघि १५ ओटा शहरका पाइलोटिङ्को रुपमा तार व्यववस्थापनको काम नेपाल टेलिकमलाई दिने भनेर निर्णय भयो । प्राधिकरणले लागतको व्यवस्थापन गर्यो ।

तर, शेयरिङ मेकानिजम भन्ने बितिकै हामी सबै डराउने देखियो । पूर्वाधार शेयरिङ गर्ने कल्चर नेपालमा छैन जसको कारण सो प्रक्रिया फेल भयो । शहर कुरुप भइसकेको छ जसको लागि पूर्वाधार कम्पनी स्थापना गरेर तत्काल काम गर्नुपर्ने अवस्था छ ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)का अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमको बार्षिक उत्सबमा राखेको विचार

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।