चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.५० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.९८ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आमदानी २९.३९ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २९.३९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १६४.०८ प्रतिशत घटेको छ। लघुवित्तले पुस मसान्तसम्ममा ६ करोड ७ लाख रुपैयाँ सम्भावित जोखिम बापत व्यवस्था गरी ४ करोड ४४ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ ३७ पैसा घटेर ६७ पैसामा झरेको छ। दोस्रो त्रैमाससम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १ हजार ३१७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७२ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ५.१४ प्रतिशत घटेको छ। सो अवधिमा लघुवित्तको सापटी ७.२७ प्रतिशत घटेको छ भने निक्षेप ११.९० प्रतिशत र कर्जा ०.१८ प्रतिशत बढेको छ।
