मंगलबार सुनचाँदीको भाउ स्थिर, विश्व बजारमा भने बढ्याे

Feb 07, 2023 11:31 AM Merolagani



मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ । माघ २४ गते पनि सुन सोमबारकै भाउमा कारोबार भइरहेको छ । यस दिन सुन प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ४ हजार १०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

सोमबार भने सुनको भाउ महंगिएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको थियो ।

मंगलबार सुनसँगै चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा किनबेच हुँदैछ । चाँदी लगातार दाेश्राे दिन यहिँ मूल्यमा काराेबार भइरहेकाे छ ।

विश्व बजारमा भने यस दिन सुनचाँदी दुबैकाे मूल्य बढेकाे छ । याे समाचार तयार पार्दा सम्म सुन प्रतिअउन्स ५ डलर भन्दा धेरैले महंगिएकाे छ । यतिबेला सुन प्रतिअउन्स एक हजार ८७४ डलरमा खरिदबिक्री भइरहेकाे छ । यसैगरी, चाँदी प्रतिअउन्स २२ डलर पुगेकाे तथ्यांकमा देखिन्छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।