‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक, उपभोक्तालाई वस्तुदेखि सेवा खरिद गर्दा छुट उपलब्ध हुने

Feb 07, 2023 01:33 PM Merolagani



आम उपभोक्तालाई बस्तुदेखि सेवा खरिद गर्दा छुट उपलब्ध गराउने उद्देश्य सहित निर्माण गरेको ‘मेरो डिस्काउन्ट’ नामक एप सार्वजनिक भएको छ। कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरेर उक्त एप सार्वजनिक गरेको हो ।

‘मेरो डिस्काउन्ट’ नेपालकै एक मात्र अनलाइन मञ्च हो । जलाई ओसी ग्रुप सफ्टवेयर प्रालिले निर्माण गरेको हो । यो एपले स्थानीय व्यवसायीहरूको व्यापार वृद्धि तथा ग्राहकहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्छ ।

ओसी ग्रुपले आजबाट सञ्चालनमा ल्याएको मेरो डिस्काउन्ट डटकम उपभोक्तालाई छुट प्रदान गर्ने एप हो । निर्माता कम्पनीले जानकारी दिए अनुसार यो एप प्रयोगकर्ताहरूले खरिद गर्ने प्रत्येक वस्तु तथा सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्छन् ।

यसरी प्राप्त हुने डिस्काउन्टहरू नगद छुट, प्रोमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुन सक्नेछन् । स्वस्थ्य, स्वच्छ र स्वादिष्ट भोजन होस् वा कुनै स्पाको आनन्द लिन यो एपको प्रयोग मार्फत सुलभ मुल्यमा प्राप्त गर्न सकिन्छ । यस्ता मनोरञ्जनात्मक क्रियाकलाप लागि मात्रै नभई मेरो डिस्काउन्टको प्रयोग गरेर सपिङ मलमा सामानहरू किनमेल पनि सहजै गर्न सकिनेछ ।

मेरो डिस्काउन्टबाट मध्यमवर्गका ग्राहकहरूले पनि स्तरीय सेवा र सुविधाहरू उपयोग गर्न सक्नेछन् । साथै व्यवसायीहरूको विक्री वितरण बढाउन र नयाँ व्यवसायीहरूलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्ने कम्पनीको दाबी छ । मेरो डिस्काउन्टस्सँग जोडिएका विक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छा अनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र ग्राहकहरूबिचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जनाएको छ ।

मेरो डिस्काउन्टस्सँग जोडिएका विक्रेताहरूले सहजै आफ्ना ग्राहकहरूलाई उनीहरूको इच्छा अनुसारको सेवा र अफरहरू प्रदान गरेर व्यवसायी र गढ़ाका बिचको सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका अलावा व्यवसायीहरूलाई व्यापारिक परामर्श समेत दिने काम सो कम्पनीले गर्ने उनीहरूले बताएका छन् ।

व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अभिवृद्धि गर्न, वृहत् विज्ञापनबाट व्यवसायलाई प्रवर्द्धन गर्न, सरल तथा सुरक्षित भुक्तानी गर्न मेरो डिस्काउन्टसङलाई नै व्यवसायीले रोजनुपर्ने कम्पनीले बताएकाे छ। त्यस अलावा समय समयमा अन्तरक्रियात्मक र दृश्य (भिडियो) प्लेटफर्ममा आफूलाई प्रस्तुत गर्न, व्यवसायको निरन्तर अपडेट र अपग्रेड गर्न, बजारको माग अनुसारको विश्लेषण र मूल्य प्रस्ताव गर्न, व्यवसायलाई पेसागत रूपमा अभ्यास गर्न रणनीति निर्माण गर्न र व्यवसायका बारेमा व्यक्तिगत परामर्श लिन समेत यो एपको प्रयोग अनिवार्य रहने उनीहरूको दाबी छ ।

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।