पुससम्ममा ६ अर्ब भन्दा बढीको बीमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति?

Feb 07, 2023 01:34 PM Merolagani



चालु आर्थिक वर्षको ६ महिनासम्ममा बीमितहरुले ६ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुससम्ममा १९ जीवन बीमा कम्पनीका बीमितहरुले ६ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको ३७ हजार ७१४ वटा बीमालेख सरेन्डर गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुका बीमितहरुले साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हार ७४६ वटा बीमालेखहरु त्याग गरेका थिए ।

यस्तै मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेख र पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेखहरु बीमितले त्याग गरेका छन् ।

पुसमा मात्रै करिब साढे ८७ करोडको पोलिसी त्याग, कुन कम्पनीको कति?

चालु आर्थिक वर्षको पुस महिनामा मात्रै बीमितहरुले जीवन बीमा कम्पनीहरुका ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ वटा बीमालेखहरु त्याग गरेका छन् ।

सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेको छन् । पुस महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये ४१.८० प्रतिशत अर्थात २ हजार ८३५ वटा बीमालेख वापत ४३ करोड ९७ लाख ७९ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो ।

नेपाल लाइफपछि राष्ट्रिय बीमा संस्थानको धेरै बीमालेखहरु सरेन्डर भएका छन् । संस्थानको ७ करोड ७३ लाख रुपैयाँ बराबरको १ हजार ४५ वटा बीमालेखहरु सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको १५.४१ प्रतिशत हो ।

यस्तै, बीमितहरुले नेशनल लाइफको ७०२ वटा, एशियन लाइफको ४९८ वटा, प्राइम लाइफको ३७० वटा, मेट लाइफको ३२७ वटा, गुराँस लाइफको २४६ वटा बीमालेखहरु सरेन्डर भएका छन् ।

सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपाल लाइफको १० लाख ८४ हजार रुपैयाँ बराबरको १० वटा पोलिसीहरु मात्रै सरेन्डर भएका छन् ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।