१० दिनदेखि निरन्तर १० प्रतिशत शेयरमूल्य बढिरहेको आदर्श लघुवित्तको वित्तीय अवस्था कस्तो?

Feb 08, 2023 06:22 AM Merolagani



पछिल्लो १० कारोबार दिनदेखि दोस्रो बजारमा निरन्तर १० प्रतिशत शेयरमूल्य बढिरहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड (ADLB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.१४ प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खर्च बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.५० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी २.५४ प्रतिशत घटको छ। अन्य सञ्चालन खर्च र कर्मचारी खर्च बढेका कारण समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ३२.६८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९२ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९८.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेको छ भने जगेडा कोष १२६.९५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ६.६५ प्रतिशत घटेको छ भने निक्षेप १९.२३ प्रतिशत र कर्जा ८.६० प्रतिशत बढेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।