१० दिनदेखि निरन्तर १० प्रतिशत शेयरमूल्य बढिरहेको आदर्श लघुवित्तको वित्तीय अवस्था कस्तो?

Feb 08, 2023 06:22 AM Merolagani



पछिल्लो १० कारोबार दिनदेखि दोस्रो बजारमा निरन्तर १० प्रतिशत शेयरमूल्य बढिरहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड (ADLB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.१४ प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खर्च बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.५० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी २.५४ प्रतिशत घटको छ। अन्य सञ्चालन खर्च र कर्मचारी खर्च बढेका कारण समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ३२.६८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९२ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९८.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेको छ भने जगेडा कोष १२६.९५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ६.६५ प्रतिशत घटेको छ भने निक्षेप १९.२३ प्रतिशत र कर्जा ८.६० प्रतिशत बढेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।