राष्ट्र बैंकको नियम नमान्ने नौ बैंक परे राष्ट्र बैंकको कारवाहीमा, कुन कुन बैंक परे?

Feb 08, 2023 12:49 PM Merolagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकको नियम नमान्ने ९ वाणिज्य बैंक राष्ट्र बैंकका कारवाहीमा परेका छन्। नियम विपरित काम गरेको भन्दै ९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएकोलगायतका कसुरमा कारवाही गरेको हो।

प्रभु बैंक, कुमारी बैंक, साविकको बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई सम्पति सुद्धिकरण सम्बन्धी नियम नमानेको भन्दै राष्ट्र बैंकले ५०-५० लाख रुपैयाँका दरले जरिवाना लगाएको छ।

यस्तै पुँजी पर्याप्तता ढाँचा अनुसार पुँजी कोषको यथार्थ विवरण रिर्पोटिङ नगरेको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । भने खाता रोक्का राख्न निर्देशन दिँदा पनि नयाँ खाता खोलेको भन्दै नबिल बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको नियम विपरित प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिएको भन्दै सानिमा बैंकलाई पनि सचेत गराएको छ ।

यस्तै, नियम बिपरित बढी प्रिमियम लिएकोले नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । प्रभु बैंकलाई भने कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको छ।





सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।