विद्युत बिक्री आम्दानीसँगै बढ्यो छ्याङ्दी हाइड्रोपावरको नाफा

Feb 09, 2023 09:13 AM Merolagani



छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १९.८४ प्रतिशत बढेको छ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि समीक्षा अवधिमा ६७.४७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८५ लाख १६ रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ र पिई रेशिया ३९.७५ गुणा रहेको छ। ३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडामा ७७ लाख रुपैयाँ सञ्चित छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।