विद्युत बिक्री आम्दानीसँगै घट्यो अपि पावरको नाफा

Feb 13, 2023 09:21 AM Merolagani



अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा विद्युत बिक्री मार्फत ३१ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २७ करोड ४२ लाख रुपैयाँ मात्र कमाएको छ।

विद्युत बिक्री आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५६.५२ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड २३ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.८९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च २१.०८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ १६ पैसा घटेर ३ रुपैयाँ २५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४.१२ गुणा रहेको छ।

३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ रहेको छ।

`




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।