निष्क्रिय कर्जा उल्लेख्य बढेपछि सामुदायिक लघुवित्त नोक्सानीमा

Feb 13, 2023 10:40 AM Merolagani

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्त नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ३१ लाख ७२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र निष्क्रिय कर्जा उल्लेख्य बढेका कारण लघुवित्तले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९.८१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ३९.३९ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.८६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७५.२० प्रतिशत घटेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ४.७ प्रतिशतबाट बढेर ९.०४ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा १७५ प्रतिशत घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४३ रुपैयाँ ९१ पैसा घटेर ४ रुपैयाँ ८१ पैसा ऋणात्मक भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ९१ पैसा रहेको छ।

१ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप १३.४४ प्रतिशत, सापटी ३ प्रतिशत बढेको छ भने कर्जा २.६८ प्रतिशत बढेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।