गत साता करिब साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Feb 26, 2023 06:00 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेको थियो। अघिल्लो साता २०७०.४१ विन्दुमा बन्द भएको नेप्से, गत साता २.३१ प्रतिशत अर्थात ४७.७७ अंक घटेर २०२२.६४ विन्दुमा झरेको हो।

सो साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र खुलेको बजारमा २ दिन नेप्से ओरालो लागेको थियो भने १ दिन बढेको हो। नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा सार्वजनिक गरेसँगै ओरालो लागेको नेप्सेले गत साताको पहिलो कारोबार दिनसम्म निरन्तरता दिएको थियो। दोस्रो कारोबार दिन उकालो लागेको नेप्से, बुधबार राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्देशनले अन्तिम कारोबार दिन पुनः ओरालो लागेको हो।

१९६० भन्दा तल झरेमा स्टप लस

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २०८० देखि २१०० सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १९६० देखि १९९० सम्मको क्षेत्रमा टेवा पाउने देखिन्छ। सो टेवा क्षेत्र पनि तोडेर ओरालो लागेमा नेप्सेको अर्को टेवा क्षेत्र भने १८३५ देखि १८७० रहेको छ। यस साता नेप्से परिसूचक १९६० भन्दा तल झरेमा लगानीकर्ताहरुले स्टप लस रणनीति अपनाउन सक्नेछन्।

बिक्रीकर्ता हाबी

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मोरुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि नेप्सेले रातो मारुबोजु मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

नेप्से ओरालो लागेसँगै भोल्यूम पनि कमजोर बन्द भएको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ४३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १३.९९ प्रतिशत कम हो।

नकारात्मक क्षेत्रमा एमएसिडी

गत साता नेप्सेको एमएसिडी रेखा नकारात्मक क्षेत्रमा झरेको छ। अर्थात एमएसिडी रेखा शून्य रेखाभन्दा तल झरेको छ। यसले बजार बियरिश रहेको संकेत गर्दछ। यसका साथै नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ।

ओभरसोल्ड तर्फ जाँदै

स्टकास्टिक आरएसआई गत साता निरन्तर ओरालो लागेको छ। यद्यपि यो हालसम्म न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। यस साता पनि आरएसआई ओरालो लागेमा ओभरसोल्ड जोनमा पुग्नेछ। जसले बिक्रीचाप बढी भएको संकेत गर्दछ।

(यहाँ प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।