सूर्योदय वोमी लघुवित्तको बोनस शेयर घोषणा

Mar 01, 2023 10:11 AM Merolagani

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। साविक वोमी लघुवित्त र साविक सूर्योदय लघुवित्त एक आपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकिकृत कारोबार शुरु गरिएको हुँदा लाभांशमा करमा छुट हुने व्यवस्थाका कारण बोनस शेयरको कर प्रयोजनार्थ रकम नछुट्याइएको लघुवित्तले जनाएको छ।

फागुन १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।