नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन

Mar 03, 2023 10:51 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

लघुवित्तले अब हाल कायम चुक्ता पूँजीको ३४.४५ प्रतिशतका दरले बाेनस शेयर वितरण गर्ने भएको छ। फागुन १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस अघि माघ ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएको थियो।

नेपाल राष्ट्र बैंकको फागुन १७ गतेको पत्रानुसार बैंकले फागुन १० गते जारी गरिएको परिपत्र बमोजिम लाभांश प्रस्ताव परिवर्तन गरिएको लघुवित्तले जनाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।