राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको कम्पनी विश्लेषण

Mar 04, 2023 06:32 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत घटेको छ। गत साता २५५६.४६ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३९.७० अंक घटेर २५१६.७६ विन्दुमा झरेको छ।

यसै उपसमूहको एक कम्पनी हो राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL)।

यस साता कम्पनीको शेयरमूल्य २४ रुपैयाँ ५० पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३८२ रुपैयाँ ५० पैसामा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

‘पर्ख र हेर’ को अवस्था

यस साता कम्पनीको शेयरहरु ‘पर्ख र हेर’ को अवस्था अर्थात होल्ड अवस्थामा रहेका छन्। हालको लागि कम्पनीको प्रतिरोध क्षेत्र ३९५ देखि ४०५ सम्म रहेको छ। गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र परीक्षण गरी फर्किएको हो। कम्पनीको टेवा क्षेत्र भने ३१० देखि ३२५ सम्म रहेको छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले यस साता बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता कम्पनीको दैनिक औषतमा ३८ हजार ८७ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ३८ हजार ३५७ कित्ता रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम ०.६९ प्रतिशत कम हो। यस साता कम्पनीको भोल्यूम, दुई कारोबार दिन २० दिने औषतभन्दा बढी रहेको छ भने बाँकी तीन कारोबार दिन कम रहेको छ।

बियरिश क्रशओभर

यस साता एमएसिडीमा कम्पनीको शेयरमूल्यले बियरिश क्रशओभर बनाएको छ। गत बुधबार कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ। त्यसैगरी, यस साता कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ।

ओभरबट जोन

कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले कम्पनीको शेयरमा खरिदचाप बढी रहेको संकेत गर्दछ। यद्यपि यो निरन्तर ओरालो लागेर न्यूट्रल जोनतर्फ गइरहेको छ।

वित्तीय अवस्था

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षकै पहिलो त्रैमाससम्ममा कम्पनीको यस्तो नाफा १ लाख ८३ हजार रुपैयाँ रहेको थियो। कम्पनीको कुल आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १८ लाख २७ हजार रुपैयाँ रहेको छ।

६१ करोड २७ लाख ९३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ करोड १५ लाख ४४ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४२ पैसा रहेको छ। भने बुकभ्यालु १०३ रुपैयाँ ५२ पैसा रहेको छ। त्यसैगरी, साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ८५२.३८ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.४६ गुणा रहेको छ। कम्पनीको आरओई ०.४ प्रतिशत रहेको छ।

प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३५८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब १९ करोड ३८ लाख १ हजार ८०४ रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४०६ रुपैयाँ रहेको छ भने न्यून मूल्य १९१ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २५५ रुपैयाँ ७८ पैसा रहेको छ।

कम्पनीले रुकुम (पूर्व) जिल्लाको भुमे र सिस्ने गाँउपालिकामा ५ मेगावाट क्षमताको रुकुम गाढ जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। सो आयोजना निर्माणाधिन अवस्थामा रहेकोले आयोजनाको व्यापारिक उत्पादन शुरु भइसकेको छैन। जस कारण कम्पनीले विद्युत बिक्री आम्दानी गर्न सकेको छैन। आयोजनाको निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने क्रममा रहेकोले चाँडै नै विद्युत उत्पादन गरि बिक्री गर्ने योजना कम्पनीको रहेको छ।

ब्रोकर नम्बर २० बाट सर्वाधिक खरिदबिक्री

यस साता सबैभन्दा बढी कम्पनीको शेयर खरिद गर्ने ब्रोकर २० नम्बर रहेको छ। सो ब्रोकरले कम्पनीको २७ हजार ३७५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर पनि २० नम्बर नै रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ३९ हजार ८६४ कित्ता शेयर बिक्री गरेको छ।

त्यसैगरी, ब्रोकर नम्बर २१ र ४९ सर्वाधिक खरिद गर्ने ब्रोकरको सूचीमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने १७ र २२ सर्वाधिक बिक्री गर्ने ब्रोकरको दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।