पाँच कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

Mar 05, 2023 05:19 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार प्रभु बैंक, सेन्चुरी कर्मशियल बैंक, आईसीएफसी फाइनान्स, आधिँखोला लघुवित्त वित्तीय संस्था र फष्ट माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ६.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेन्चुरी कर्मशियल बैंकको पनि ४५ लाख ३८ हजार १०६.८७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत बराबरको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै आधिँखोला लघुवित्त वित्तीय संस्थाको ३ लाख ५७ हजार कित्ता र फष्र्ट माक्रोफाइनान्स लघुवित्तको १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आधिँखोला लघुवित्तले ३० प्रतिशत र फष्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत पाँच वटै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।