लाभांश प्रस्ताव पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा

Mar 08, 2023 09:37 AM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा दिनको १२ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ २० लाख ७५ हजार ७५३ रुपैयाँ ४३ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट समूह क र ख अन्तर्गत रिक्त दुई सञ्चालक बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ३ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।