राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पाैडेलले मासिक कति पाउँछन् तलब ? यस्तो हुन्छ सेवा र सुविधा

Mar 09, 2023 05:29 PM Merolagani

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन । नेकपा एमालेका सुवास नेम्वाङ्लाई हराउदै बिहिबार उनी राष्ट्रपतिमा विजयी भएका हुन । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भए ।

एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । देशको सर्वोच्च पदमा रहने व्यक्तिले लिने सेवा सुविधाको बिषय पटक पटक विवादित हुने गर्छ ।

कतिपयलाई राष्ट्रपतिको सेवा सुविधा लगायतका बिषयमा जानकारी नहुन सक्छ । देशकै सर्वोच्च पदमा रहने व्यक्तिको अन्य सेवा सुविधा के कस्ता हुन्छन् ? नेपालका राष्ट्रपतिले मासिक कति तलब पाउँछन् ? देशकै सर्वोच्च पदमा रहने व्यक्तिको अन्य सेवा सुविधा के कस्ता हुन्छन भन्ने बिषयमा चर्चा गर्दै छौं ।

के के हुन्छ सेवा सुविधा ?

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै बार्षिक रुपमा राष्ट्रपतिले पोशाक सुविधा बापत २५ हजार रुपैयाँ पाउने व्यवस्था छ । पदबाट निवृत्त हुँदा समेत एक महिनाको तलब बराबरको रकम थप सुविधा दिइन्छ ।

त्यसैगरी राष्ट्रपति स्वदेश वा विदेशको भ्रमण गर्दा समेत सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ११ को उपदफा २ र दफा १२ अनुसार स्वदेशमा भ्रमण गर्दा दैनिक ३ हजार ३०० रुपैयाँ र विदेशमा भ्रमण गर्दा २ सय ५० अमेरिकी डलर दरले भत्ता दिइन्छ । २५ लाख रुपैयाँको बीमाको समेत सुविधा रहेको छ ।

राष्ट्रपतिको आवसको लागि सरकारबाट सरकारी घरको बन्दोबस्त गरिएको हुन्छ । सवारीसाधन, आवसको टेलिफोन कम्प्युटर, इन्टरनेट, पत्रपत्रिका जस्ता सञ्चार सुविधा समेत सरकारले नै व्यवस्था गर्छ ।

राष्ट्रपतिको लागि सरकारले एक/एक जन निजी चिकित्सकको व्यवस्था गर्छ भने अस्पताल भर्न भई उपचार गराउदा वा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेश गई उपचार गराउदा लागेको उपचार खर्च पनि सरकारले व्यर्होर्छ ।

राष्ट्रिपतिले आफ्नो पदीय काममा सहयोग पुर्याउन बढीमा सात र पाँच जना विज्ञ नियुक्त गर्न सक्नेछन । त्यसैगरी राष्ट्रपतिको नीजी सचिवालयमा १९ जना कर्मचारी रहन सक्ने व्यवस्था गरिएको छ ।
यस्तो हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवा सुबिधा

 


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।