तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 14, 2023 09:21 AM Merolagani

फागुन ३० गते, मंगलबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले भोली अर्थात चैत १ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आरएमडीसी लघुवित्त (RMDC) ले चैत १० गते अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे २४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने, १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, समता घरेलु लघुवित्त (SMATA) ले चैत ११ गते, हिमालयन दृश्य रिर्सोट, धुलिखेलमा बिहान साढे ११ बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले स्वरोजगार लघुवित्तसँग मर्जरसम्बन्धित सम्पूर्ण निर्णयहरु पनि पारित गर्नेछ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था (MKLB) ले चैत १६ गते बिहीबार, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। लघुवित्तले ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।