करिब २२ लाख बीमाशुल्क उठाएर स्वास्थ्य बीमा बोर्डका कर्मचारी फरार

Mar 16, 2023 03:13 PM Merolagani



सर्वसाधारणबाट प्रिमियम वापत संकलन भएको करिब २२ लाख रुपैयाँ लिएर स्वास्थ्य बीमा बोर्ड कर्मचारी फरार भएका छन् । बोर्डले फागुन २९ गते एक सूचना जारी गर्दै बाेर्डका सि.अ.हे.व छैठौं तहका मोहम्मद फिरोज अली फरार भएकाे जनाएकाे हाे । 

बोर्डको उदयपुर जिल्ला सम्पर्क कार्यालयमा कार्यरत अली पुस ११ गते देखि कुनै सुचना तथा जानकारी बिनानै कार्यायलमा अनुपस्थित भएको र पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कबिहिन भएकाे बोर्डले जनाएको छ ।

यस्तै अलीले दर्ता सहयोगीहरु मार्फत बीमितबाट संकलन गरेको २१ लाख ८५ हजार १५० रुपैयाँ बीमा शुल्क आफ्नो व्यक्तिगत खातामा जम्मा गरेर बोर्डमा नबुझाएको बोर्डले आरोप लगाएको छ ।

बोर्डले अलीलाइ चैत ५ गते भित्र अपचलन गरेको रकम बैंक दाखिला गरेको प्रमाण सहित उपस्थित भई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।