मानुषी र श्रृजनशील लघुवित्तबीच बराबरी हैसियतमा गाभिने सम्झौता

Mar 17, 2023 10:53 AM Merolagani

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त मर्ज हुने भएका छन्। काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्तले शुक्रबार मर्जर तथा एक्वीजिसनसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

 

सम्झौतापत्रमा मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

प्रारम्भिक सम्झौता अनुसामर यी दुई संस्था बराबरी हौसियता गाभिन लागेका हुन्। डिडिए रिपोर्ट आएपछि भने यो अनुपात केहि परिवर्तन हुन सक्छ।  दुबै संस्थाले सर्वसाधारणमा आइपीओ जारी गरिसकेका छन्।

 

मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने छ।

comments powered by Disqus

वैशाख २ देखि ३३ ब्रोकर कम्पनीले नयाँ टिएमस टेस्ट गर्ने, मोबाइलबाटै कारोबार,के छन् अरू नयाँ फिचर ?

Mar 17, 2023 06:09 AM

सुवास निरौला

लामो समयदेखि नयाँ टिएमएसको पर्खाइमा रहेका लगानीकर्ताको पर्खाइ आउने वैशाख देखि सकिने  भएको छ।