मर्जर अघि नै महालक्ष्मी लाइफले प्रिमियमा आईपीओ निष्काशन गर्ने, प्रभुसँग मर्जर पश्चात चुक्ता पूँजी सहजै ५ अर्ब पुग्ने

Mar 17, 2023 04:10 PM Merolagani

प्रभु लाइफसँग मर्जर प्रकृयामा रहेका महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । मर्जर प्रकृया सकाउनु अघि नै कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले संस्थापक शेयरधनीहरुलाई ५० प्रतिशत अर्थात ७० करोड रुपैयाँ पूँजी थप्न लगाएपछि हाल चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीले त्यसको ३० प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा थप प्रिमियम सहित कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्नेछ ।

नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिने अनुमति दिएको छ । महालक्ष्मी लाइफले मर्जर सम्बन्धी सम्झौता गरेपनि सर्वसाधारणको लागि भने आईपीओ निष्काशन गरेको छैन् ।

प्रभु लाइफसँग मर्जर पश्चात एफपीओ निष्काशन गर्ने तयारीमा रहेको महालक्ष्मी लाइफले पनि मर्जर प्रकृया टुंगाउनु अघि नै प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरेको कम्पनीले जानएकाे छ । 

सर्वसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन पश्चात कम्पानीको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुग्नेछ । हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ ।

दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज भएपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नेछ ।

मर्जर पश्चात बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ भने कम्पनी सञ्चालक समितिको अध्यक्षमा सुभास अमात्य र प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई हुनेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।