प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति माग्दै सिटिजन लाइफ बोर्ड पुग्यो

Mar 17, 2023 05:13 PM Merolagani



आईपीओ निष्काशनको अनुमति माग्दै सिटिजन लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न आज चैत ३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको हो ।

कम्पनीले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब पूँजी पुर्याउन कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ थप्नु पर्ने देखिन्छ ।

कम्पनीले आईपीओ निष्काशन पश्चात न्युनतम चुक्ता पूँजी पुर्याउन शेयरधनीहरुलाई बोनश र हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।