काठमाडौं लगायत देशका केहि भागमा वर्षा, आइतबारसम्म लम्बिने सम्भावना

Mar 17, 2023 05:15 PM Merolagani



काठमाडौं उपत्यकामा यतिबेला वर्षा भइरहेको छ । काठमाडौं मात्र नभएर देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । शुक्रबार बेलुकादेखि परेको पानी आइतबारसम्म लम्बिने जल तथा पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको छ।

देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी दुई दिन पनि देशभर आंशिकदेखी सामान्य बदली रहने छ। देशको पहाडी भागका केही स्थानहरू तथा तराई भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।