दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Mar 19, 2023 02:46 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा सिद्धार्थ बैंक (SBL) र बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

सिद्धार्थ बैंकले एक करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै बिन्ध्याबासिनी हाइड्रोपावर कम्पनीको पनि ५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले शेयरधनीलाईलाई गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।