आज सार्वजनिक बिदा भएपनि बैंक खुला रहने

Mar 21, 2023 05:50 AM Merolagani



चैत ७ गते, मंगलबार, नेपाल सरकारले घोडेजात्राको उपलक्ष्यमा उपत्यकामा सार्वजनिक बिदा दिएको छ। उपत्यकामा सार्वजनिक बिदा भएपनि यस दिन बैंकहरु भने खुला रहने भएको छ।

नेपाल राष्ट्र बैंकले उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ्ग सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउनु निर्देशिन दिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।