टेवा क्षेत्रबाट फर्कियो नेप्से, कारोबार रकम पनि बढ्यो

Mar 27, 2023 03:21 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। कारोबार अवधिभर १८६४.९१ विन्दुसम्म झरेको नेप्से, सोपछि भने फर्किएको हो।

यस दिन नेप्से टेवा क्षेत्रबाट फर्किएको हो। नेप्सेको हालको टेवा क्षेत्र १८५० देखि १८८० को क्षेत्र रहेको छ। नेप्सेले यस दिन सोही क्षेत्रबाट फर्किएको हो। आगामी दिनमा नेप्से १९६५ भन्दा माथि बन्द भएमा रिभर्सलको संकेत मान्न सकिन्छ।

यस दिन नेप्से परिसूचक १७.७० अंक बढेर १९०६.०० विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६१ स्टकको ३६ हजार ९८० पटकको कारोबारमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अजोड इन्स्योरेन्स्को शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

लाभांश संशोधन गरेको नेशनल माइक्रोफाइनान्सको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयरमूल्य घट्न पुगेको हो। त्यसैगरी, यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।


कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा यस दिन करिब ६ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जीवन विकास लघुवित्त र नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक घटेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।