डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित

Mar 28, 2023 10:08 AM merolagani



डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित भएको छ । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा. महतलाई पठाउने निर्णय गरेको हो ।

कांग्रेस उच्च स्रोतले दिएको जानकारी अनुसार, भोली (बुधबार) नै अर्थमन्त्री डा. महतले सपथ लिने तयारी भइरहेको छ । ८ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।

अमेरिकाबाट अर्थशास्त्र विद्यावारिधी गरेका डा. महत अर्थमन्त्री भएर आउने निश्चित भएपछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पार्टीभित्रको रस्साकसीका बीच संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आएको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।