नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

Apr 17, 2023 06:04 AM Merolagani



वैशाख ४ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार २४७ रुपैयाँ ८३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।
लुघवित्तले बैशाख १५ गते बिहान ११ बजे, धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

हाल कायम चुक्ता पूँजी १५ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ६७ करोड ४६ लाख ७६ हजार रुपैयाँ पुग्नेछ।

सभाले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी भएको प्रारम्भिक सहमतिपत्र तथा दुबै संस्थाहरुको सम्पति दायित्व तथा पछिल्लो कारोबारको मूल्यांकन गर्नको लागि संयुक्त मर्जर कमिटिले गरेको लेखापरीक्षकको नियुक्तलाई समेत अनुमोदन गर्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।