सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 26, 2023 09:43 AM Merolagani

बैशाख १३ गते बुधबार, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था (SWMF) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख १४ गते बुक क्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले बैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको छ। सो सभा धुलिखेल लज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे सुरु हुनेछ।

त्यस्तै, सभाले लघुवित्तको शेयर स्वामित्व परिमार्जन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।