सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन

Apr 27, 2023 08:04 AM Merolagani



बैशाख १४ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (SWMF) को शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ६०२ रुपैयाँ ६१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार लघुवित्तको शेयर प्रतिकित्ता ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले बैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको छ। सो सभा धुलिखेल लज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ९ बजे सुरु हुनेछ।

त्यस्तै, सभाले लघुवित्तको शेयर स्वामित्व परिमार्जन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।




comments powered by Disqus