कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 27, 2023 09:22 AM Merolagani



बैशाख १४ गते, बिहीबार, कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख १५ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले बैशाख ३१ गते बिहान ११ः३० बजे, सिद्धार्थ बुटिक होटल, बौद्ध काठमाडौंमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४.४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गर्नेछ।

यस्तै सभाले कुनैपनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र उपयुक्त देखिएमा समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।