कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

Apr 28, 2023 08:41 AM Merolagani



बैशाख १५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंक (KSBBL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ४.४१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २८८ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ३०० रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

बैंकले बैशाख ३१ गते बिहान ११ः३० बजे, सिद्धार्थ बुटिक होटल, बौद्ध काठमाडौंमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४.४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गर्नेछ।

यस्तै सभाले कुनैपनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र उपयुक्त देखिएमा समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।