घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर पारित

Apr 30, 2023 12:20 PM Merolagani



घलेम्दी हाइड्रो लिमिटेड (GHL) को नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सासा बैंक्वेट, नयाँ बजारमा सम्पन्न भएको साधारणसभाले सो प्रस्ताव पारित गरेको हो।

हकप्रदबाट जम्मा भएको पूँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रबद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी शेयर कायम हुनेगरी लगानी गर्नेछ।

त्यसैगरी, सभाले हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नुको साथै कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षण कार्यको लागि लेखापरीक्ष्क नियुक्त समेत गरेको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।