हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य समायोजन

May 10, 2023 07:59 AM Merolagani



बैशाख २७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (HDHPC) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको ७५ प्रतिशत हकप्रद समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य १५१ रुपैयाँ १४ पैसा कायम गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता १८९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।