अपि पावरको विद्युत बिक्री आम्दानी घट्यो, नाफा कति?

May 14, 2023 08:42 AM Merolagani



अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले विद्युत बिक्री मार्फत ३६ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४३ करोड ५० लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.०७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १७ करोड ३८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २१.९६ प्रतिशत घटेको छ भने अन्य आम्दानी १००.२३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ७८ पैसा घटेर १ रुपैयाँ ६२ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५८.६४ गुणा रहेको छ।

४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले हालसम्म ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगढ गढ जलविद्युत आयेजना, ४ मेगावाटको गन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले अहिले ४० मेगावाटको अप्पर चमेलीया जलविद्युत आयोजना निर्माण गरिरहेको छ।




comments powered by Disqus

चैत २४ गते रामनवमीमा सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को बैठककाे निर्णय, यस्ता छन् अरु निर्णयहरु

Mar 19, 2025 12:48 PM

सरकारले चैत २४ गते रामनवमीमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।