खराब कर्जा बढ्दा सामुदायिक लघुवित्त नोक्सानीमा

May 14, 2023 01:22 PM Merolagani

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्त नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको खुद नाफा ३ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ३४ लाख रुपैयाँ धनात्मक थियो।

खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण सम्भावित जोखिमबापत उल्लेख्य रकम व्यवस्था गर्नुपर्दा लघुवित्तको नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२्२६ प्रतिशत र अन्य आम्दानी ४८.७७ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३५.७१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। निष्क्रिय कर्जा बढेर ४.७२ प्रतिशतबाट बढेर १४.२१ प्रतिशत पुगेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ६ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा ऋणात्मक हुन पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३९ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा रहेको छ।

१३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड १ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ६२ करोड ७ लाख रुपैयाँ निक्षेप तथा ५५ करोड ९२ लाख रुपैयाँ सापटीबाट १ अर्ब ३५ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।