प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

May 17, 2023 10:21 AM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड (PLI) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

इन्स्योरेन्सले अब ९.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो। प्राधिकरणबाट बैशाख २९ गते वित्तीय विवरण परिमार्जन गरि लाभांश संशोधन गरेको हो।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।