प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

May 17, 2023 10:21 AM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड (PLI) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

इन्स्योरेन्सले अब ९.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो। प्राधिकरणबाट बैशाख २९ गते वित्तीय विवरण परिमार्जन गरि लाभांश संशोधन गरेको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।