स्वावलम्बन लघुवित्तको शेयर संरचना परिमार्जन

May 22, 2023 03:25 PM Merolagani



स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) को शेयर संरचना परिमार्जन भएको छ । लघुवित्तको १२ लाख ९० हजार ४९६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन गरेको हो ।

संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएसँगै संस्थापक समुहको ६० प्रतिशत र सर्वसाधारण समुहको ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

यसअघि लघुवित्तमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम रहेको थियो ।

लघुवित्तकाे गत फागुन १९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।