स्वावलम्बन लघुवित्तको शेयर संरचना परिमार्जन

May 22, 2023 03:25 PM Merolagani



स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) को शेयर संरचना परिमार्जन भएको छ । लघुवित्तको १२ लाख ९० हजार ४९६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन गरेको हो ।

संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएसँगै संस्थापक समुहको ६० प्रतिशत र सर्वसाधारण समुहको ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

यसअघि लघुवित्तमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम रहेको थियो ।

लघुवित्तकाे गत फागुन १९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।