प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

May 24, 2023 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५१.३१ अंक बढेर १९४२.६३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१७ अंक बढेर १९४३.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १२ स्टकको १५ लाख ८४ हजार १६८ रुपैयाँ बराबरको २ हजार ७५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।