आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त

May 24, 2023 12:48 PM Merolagani



आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेश भक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार बैशाख २७ गते देखि लागु हुने कम्पनी श्रेष्ठलाई सिइओ नियुक्त भएका हुन् ।

बीमा ऐन २०७९ र बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७६ अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

श्रेष्ठ यस अघि साविकको आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।